New Event
MusicIn-Person
वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलसँग डेनमार्क आध्यात्मिक महोत्सव तथा विशेष सत्सङ्ग
Gymnasievej 1, 2620 Albertslund, Danmark
Get DirectionsOrganized by
NRNA DenmarkAbout this event
आदरणीय डेनमार्क, नर्वे, फिनल्यान्ड, स्विडेनलगायत युरोपका विभिन्न देशहरूमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, यही आउँदो अप्रिल १८ र १९ तारिख (दुई दिन) मा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलज्यूको मुखारविन्दबाट वेद तथा बौद्ध दर्शनसम्बन्धी विशेष दुईदिने प्रवचन कार्यक्रम डेनमार्कको **Albertslund Kommune**स्थित **Albertslund Hall**मा आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौँ।
यस दुईदिने धार्मिक तथा आध्यात्मिक कार्यक्रमले नेपाली धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चिन्तनलाई थप सुदृढ बनाउने विश्वास लिएका छौँ। प्रवचनका साथै धार्मिक भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने भएकाले सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई कार्यक्रमको भरपूर लाभ लिन हार्दिक अनुरोध गर्दछौँ।
यस कार्यक्रममा विभिन्न तवरबाट सहयोग वा भूमिका निर्वाह गर्न चाहनुहुने महानुभावहरूले कार्यक्रम संयोजक तथा एनआरएनए डेनमार्कका उपाध्यक्ष श्री कल्याण काफ्ले फोन: ५०२८०४५७ तथा **NRNA Denmark**का अध्यक्ष श्री निलविक्रम थापाज्यू (42277273)सँग सम्पर्क गर्न सक्नुहुनेछ। उक्त कार्यक्रम एनआरएनए डेनमार्कको आयोजना तथा अल्बर्ट्सलुन्डस् नेपाली समुदायको सहकार्यमा आयोजना हुन गइरहेको हो। डेनमार्कमै पहिलोपटक आयोजना हुन लागेको यस किसिमको भव्य, सभ्य तथा ऐतिहासिक कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि एनआरएनए डेनमार्क हार्दिक अनुरोध गर्दछ।
पुनश्च: कार्यक्रम समय पहिलो दिन शनिवार 14:00 – 20:00 र दोस्रो दिन आइतबार 10:00 – 16:00 रहनेछ ।
नारायण !!!
भवदीय,
कल्याण काफ्ले (कार्यक्रम संयोजक) तथा एनआरएनए डेनमार्क परिवार
Select Tickets
Event Ended
Tickets are no longer available because this event has already passed.