SponsoredNew Event
ArtsIn-Person
तीज विशेष सांस्कृतिक कार्यक्रम २०८३
Liljens Kvarter 2, 2620 Albertslund
Get DirectionsOrganized by
NRNA DenmarkAbout this event
🎉🌸 तीज विशेष सांस्कृतिक कार्यक्रम २०८३ 🌸🎉
नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (NRNA), डेनमार्क तथा महिला फोरम, डेनमार्क प्रस्तुत गर्दछ:
🌺 तीज विशेष सांस्कृतिक कार्यक्रम २०८३ 🌺
📅 मिति: ०६ सेप्टेम्बर २०२६
📍 स्थान: Festsal, Kongsholmcentret
🏠 ठेगाना: Liljens Kvarter 2, 2620 Albertslund
समय: 15:00 - 22:00 O'clock
⭐ विशेष आकर्षण ⭐
चर्चित लोकदोहोरी गायिका रमिला न्यौपानेको विशेष सांगीतिक प्रस्तुति सहित डेनमार्कमा रहेका विभिन्न संघ–संस्था तथा स्थानीय प्रतिभाशाली कलाकारहरूको विविध एवं आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ।
कार्यक्रममा नेपाली तीज संस्कृतिको झल्को दिने मनोरञ्जनात्मक प्रस्तुतिहरू, नृत्य, गीत–संगीत तथा अन्य विशेष सरप्राइज पर्फमेन्सहरू समेत समावेश हुनेछन्। साथै, नेपाली स्वाद र आत्मीयतासँगै मिठो दरको पनि विशेष व्यवस्था रहनेछ।
🎶💃🕺 गीत, संगीत, नृत्य, दर र रमाइलोसँगै तीजको उल्लासपूर्ण वातावरणमा सबैलाई एकै ठाउँमा जोड्ने हाम्रो प्रयास रहनेछ।
आफ्नो मौलिक संस्कृति, परम्परा र नेपालीपनलाई आत्मसात् गर्दै परदेशमा पनि तीजको उल्लास र खुसी सँगै मनाउने यस विशेष अवसरमा परिवार, साथीभाइ तथा आफन्तजनसहित उपस्थित भई कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछौँ।
⸻
🤝 सहयोग तथा सहकार्य
गैरआवासीय नेपाली संघ, डेनमार्क तथा NRNA महिला फोरमको आयोजनामा हुन गइरहेको यस तीज विशेष सांस्कृतिक कार्यक्रममा डेनमार्कस्थित निम्न संघ–संस्था तथा व्यवसायहरूको सहयोग र सहकार्य रहनेछ:
Albertslund Nepalisisk Samfund बाट कार्यक्रम हल उपलब्ध गराउन सहयोग प्राप्त छ भने अन्य निम्सन हयोगी संस्थाहरूबाट सहयोग प्राप्त भएको छ।
✨ Smart Wear
✨ Nepsto Denmark
✨ Rani Event
✨ Tamang Samaj, Denmark
यस विशेष तीज सांस्कृतिक कार्यक्रमलाई भव्य एवं सफल बनाउन सहयोग तथा सहकार्य गर्नुहुने सम्पूर्ण सहयोगी संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏
📸 फोटोग्राफी सहयोग: PhotoFlow
कार्यक्रमका फोटोग्राफी तथा स्मरणीय क्षणहरूलाई कैद गर्न PhotoFlowको विशेष सहयोग रहनेछ। यस अमूल्य सहयोगका लागि पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
⸻
यहाँहरू सबैको निरन्तर साथ, सहयोग, सहकार्य र सहभागिताले यस कार्यक्रमलाई अझ भव्य, व्यवस्थित, मनोरञ्जनात्मक तथा सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
त्यसैले डेनमार्कमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो परिवार, साथीभाइ तथा आफन्तजनसहित कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गर्दै यस विशेष तीज सांस्कृतिक कार्यक्रमलाई सफल र गरिमामय बनाउन हार्दिक अनुरोध गर्दछौँ। 🙏🇳🇵
आउनुहोस्, हाम्रो नेपाली कला, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै परदेशमा पनि तीजको उल्लास सँगै मनाऔँ! 🌸💃🎶
🙏 आयोजक
गैरआवासीय नेपाली संघ (NRNA), डेनमार्क
महिला फोरम, डेनमार्क
⸻
📞 कार्यक्रम सम्बन्धी थप जानकारीका लागि:
बनिता ढकाल अधिकारी
कार्यक्रम संयोजक तथा महिला उपाध्यक्ष
गैरआवासीय नेपाली संघ (NRNA), डेनमार्क)
📱 फोन: 53344020
Event Agenda
चर्चित लोकदोहोरी गायिका रमिला न्यौपानेको विशेष सांगीतिक प्रस्तुति सहित डेनमार्कमा रहेका विभिन्न संघ–संस्था तथा स्थानीय प्रतिभाशाली कलाकारहरूको विविध एवं आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ।
कार्यक्रममा नेपाली तीज संस्कृतिको झल्को दिने मनोरञ्जनात्मक प्रस्तुतिहरू, नृत्य, गीत–संगीत तथा अन्य विशेष सरप्राइज पर्फमेन्सहरू समेत समावेश हुनेछन्। साथै, नेपाली स्वाद र आत्मीयतासँगै मिठो दरको पनि विशेष व्यवस्था रहनेछ।
🎶💃🕺 गीत, संगीत, नृत्य, दर र रमाइलोसँगै तीजको उल्लासपूर्ण वातावरणमा सबैलाई एकै ठाउँमा जोड्ने हाम्रो प्रयास रहनेछ।
आफ्नो मौलिक संस्कृति, परम्परा र नेपालीपनलाई आत्मसात् गर्दै परदेशमा पनि तीजको उल्लास र खुसी सँगै मनाउने यस विशेष अवसरमा परिवार, साथीभाइ तथा आफन्तजनसहित उपस्थित भई कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछौँ।
Select Tickets
Event Ended
Tickets are no longer available because this event has already passed.